सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँ बढ्यो

काठमाडौं, कार्तिक १९ गते ।

बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ

चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको