लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं, कार्तिक १९ गते ।

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।

रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए ।

१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।

जनकपुरका विशाल सुशलिङ र राहुल २–२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट लिए ।

सुरुवाती दुई खेलमा लुम्बिनीले विपक्षीलाई क्रमशः ८७ र ९७ रनमा अलआउट गर्दा ब्याटिङमा खासै मिहिनेत गर्नुपरेको थिएन । पोखराविरुद्धको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङमा खासै टेष्ट नभएको बताएका थिए । तर, जनकपुरविरुद्धको खेलमा भने पहिलो बलदेखि नै विकेट गुमाएको लुम्बिनीका १० खेलाडी ब्याटिङ लागि क्रिज पुग्नुपरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको