हात्तीको दाह्रासहित तीन जना पक्राउ

काठमाडौं, मंसिर ६ गते ।

हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई हेटौंडाबाट दाह्रासहित पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

हेटौंडाका बस्ने ४९ वर्षीय मानबहादुर गोले, ७९ वर्षीय चतुर सिं लामा वाइबा र रौतहटका ५८ वर्षीय श्रीबहादुर जिम्बा पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा सिआइबीबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय नेवारपानीसँग समन्वय गरी मंसिर ४ गते पक्राउ गरेको हो।

२ किलो ७०० ग्रामको दाह्रा बरामद भएको हो।

अनुसन्धानका लागि उनीहरूलाई दाह्रासहित डिभिजन वन कार्यालय राप्ती मनहरीमा बुझाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको