काठमाडौँ, पुस १२ गते ।
नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा विजय थापा निर्वाचित हुनुभएको छ ।
आठौँ वार्षिक साधारणसभाबाट थापको नेतृत्वमा १० सदस्यीय पदाधिकारी चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा नृपेश राजभण्डारी, महासचिवमा डा. दिनेश कोइराला, सचिवमा डा जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा. बालमुकुन्द बस्नेत र सहकोषाध्यक्षमा डा शिरिष सिलवाल चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा डा. हीरामणि पाठक, डा. निशान्त सिंह, डा. अनु महर्जन र डा सुलोचना दाहाल चयन हुनुभएको छ ।
सन् २०१५ मा स्थापना भएको यस संस्था हाल विभिन्न विधाका ३५ जना बाल चिकित्सकको आबद्धता छ । नवनियुक्त अध्यक्ष डा थापाले नेपालमा बाल शल्य चिकित्सकको सङ्ख्या न्यून रहेको र उपलब्ध जनशक्तिले पनि जागिर पाउन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विशेषज्ञ कम हुँदा बाल शल्यक्रियामा अपेक्षाअनुसारको उपलब्धि हुन सकेको छैन । विशेषज्ञ उत्पादन गर्न सरकारले प्राथमिकतमा राख्नुपर्छ । सबै प्रदेशमा बाल शल्य चिकित्सक पु¥याउनुपर्छ ।” रासस








