सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ, फागुन २९ गते ।

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य दुई हजार ८०० ले र चाँदीको मोल २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४९५ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुन रु तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको