सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं, चैत २४ गते ।

मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

केही दिनयता सुनको भाउ उतारचढाव सामान्य बनेको छ । गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । आज चाँदी पनि सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको