विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज, जेठ ३ गते ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताए ।

“सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उनले भने, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।”

सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको