जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

बैतडी, जेठ ३ गते ।

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः३० बजे आगलागी भएको हो ।

नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः०० बजे आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको