सुनको मूल्यमा वृद्धि

काठमाडौँ, जेठ ५ गते ।

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको