मधेस सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव

रौतहट, असार ८ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।

आज रौतहटको गढीमाई नगरपालिकाको १३औँ नगरसभाको यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिनुभयो ।

उहाँले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिनुहुँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताउनुभयो ।

नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको