एमाले संसदीय दलको बैठक जारी

काठमाडौं, असार ९ गते ।

नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेपछि एमालेको संसदीय दलको बैठक बसेको हो । एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ ।

साँझ ६ बजे ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको