राष्ट्रियसभाको बैठक सुरू

काठमाडौँ, असार २२ गते ।

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ मन्त्रालयका सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने तालिका छ ।

अहिले बैठकमा शून्य समय चलिरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको