प्रतिनिधिसभा बैठक केहीबेरका लागि स्थगन

काठमाडौँ, असार २४ गते ।

प्रतिनिधिसभाको पहिलो बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण बैठक स्थगित भएको हो ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो । यसैबीच नेकपा (एमाले)का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिनुभयो । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरियो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टीका सङ्ग्रौला ९ज्वाला०ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरियो । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिए । तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरियो ।

आजको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरिएको थियो ।

यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिएको थियो । सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको गुनासो गरियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको