नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ

काठमाडौँ, असार २६ गते ।

गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको जीवन रक्षा गर्न भारत लैजाने तयारी रहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्नुहुँदै उनले हिजो राति नै भारतसँग समन्वय गरेर नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरेको बताए ।

मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए ।

मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको