ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

काठमाडौं, साउन १३ गते ।

कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना. ५ ख २३६४ नम्बरको ट्रकले महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिएको थियो ।

बुधबार बिहान करिब ७ः३० बजे भएको सो दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको