सबैलामा एक पुरुष मृत फेला, हत्याको आशंका

जनकपुरधाम, साउन १५ गते ।

धनुषाको सबैलामा एक पुरुषे मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार शुक्रबार बिहान सबैला नगरपालिका–१२, रघुनाथपुर नहरचौकस्थित अन्दाजी ४५ वर्षीय बन्ठु गडेरी मृत फेला परेको जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खडकाका अनुसार मृत फेला परेका पुरुष अविवाहित भएको बुझिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

मृत फेला परेका गडेरीको शरिरको विभिन्न भागमा चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको