मृत भेटिएका व्यक्ति मन्दिरका पुजारी होइन : धनुषा प्रहरी

जनकपुरधाम, साउन १५ गते ।

धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत भेटिएका अन्दाजी ४० वर्षका बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जारी गरेको विज्ञप्ति अनुसार, मृतक व्यक्ति मन्दिरका पुजारी नभई घुमिहिड्ने र बाहिर कामकाज गरी मन्दिर परिसरमा सुत्न आउने व्यक्ति रहेको खुलेको छ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली खटाइएको र सूक्ष्म रूपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएकाले यसलाई कुनै पनि धार्मिक विवादसँग नजोगी शान्ति सुरक्षा कायम राख्न प्रहरीले सम्पूर्ण नागरिकहरूमा अपिल गरेको छ।

प्रहरीले घटनामा संलग्न अपराधी जो सुकै भए पनि कानुनी दायरामा ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको