आगलागी हुँदा १४ वटा पसल जले

काठमाडौं, साउन १७ गते ।

गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् ।

शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।

आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको