चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली, जेठ २९ गते ।

कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको