भन्सार छलीका ३५ थान आईफोनसहित एक जना पक्राउ

काठमाडौं, असार १५ गते ।

रुपन्देहीमा भन्सार छली गरेर ल्याएका ३५ थान आईफोन र एक मोटरसाइकलसहित एक जना युवक पक्राउ परेका छन् ।

रुपन्देही, कोटहीमाई गाउँपालिका–५ बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

उनले ३५ थान आईफोन भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको प्रहरीले भनेको छ । जसको मूल्य २० लाख ५० हजार रुपैयाँ बराबर रहेको भनिएको छ ।

मुरावले चलाएको यूपी ५३ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ती आइफोनहरू फेला परेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको