त्रिशूली, भदौ १० गते
तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको त्रिशूली नदी किनारस्थित त्रिशूली बजार पनि अस्तव्यस्त बनेको छ।
यहाँ घर, गाडीसहित ठूलो भौतिक क्षति भएको छ। मानवीय क्षति के कति भयो यकिन भइसकेको छैन।
बाढीले माथिल्लो क्षेत्रको सडक बगाउँदा रसुवातर्फ सडक सम्पर्क टुटेको छ।








