त्रिशूली–बेत्रावती सडक : ४ किलोमिटर पूर्ण क्षति, जोगियो ६ किलोमिटर

काठमाडौं, भदौ १५ गते ।

नुवाकोटको त्रिशूली बजारबाट बेत्रावति बजारसम्मको १० किलोमिटर सडकलाई सडक विभागका प्राविधिकले स्थलगत निरीक्षण गरेका छन् ।

सो निरीक्षणका क्रममा त्रिशूली नदीले ४ किलोमिटर सडकलाई पूर्णरुपमा कटान गरेको पाइएको छ । ६ किलोमिटर हाराहारी सडक भने फोहोर हटाएपछि यातायात सञ्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको छ ।

विभागका अनुसार प्राविधिकहरू त्रिशूली बजारबाट पैदल यात्रा गर्दै बेत्रावती पुगेका हुन् र उनीहरूले बेत्रावतीमा बेलिब्रिज जडानका लागि ठाउँ पहिचान गर्दैछन् ।

सडक विभागले बेत्रावतीमा बेलिब्रिज राख्दैछ । सो जडान भएपछि रसुवा राष्ट्रिय राजमार्गमा जोडिने छ । अहिले रसुवा वैकल्पिक सडक मार्गबाट जोडिएको भएपनि त्यसमा यात्रा सहज छैन ।

रसुवामा मात्रै ४० किलोमिटर सडक पूर्णरुपमा बगेको अनुमान छ । बेत्रावतीदेखि रसुवागढीसम्मको सडकमा अत्यधिक क्षति पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको