बाढीपीडितलाई राहत बोकेर नेपाल आए अभिनेता सोनु

काठमाडौं, भदौ १६ गते ।

बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् ।

गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।

उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दुःख व्यक्त गरेका थिए ।

अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको