त्रिशूली ३ ‘ए’ को सम्भावित सबै ठाउँमा सकियो खोजी

काठमाडौं, भदौ २० गते ।

दुई जना जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सम्भावित सबै ठाउँमा खोजी तथा उद्धारको काम गरिसकिएको छ।

शुक्रबार यो आयोजनाको सुरूङबाट सप्तरीका सञ्जय साह र काठमाडौंका कवीर महर्जनलाई उद्धार गरिएको थियो। एउटा शव समेत निकालिएको थियो।

यो आयोजनाको उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरूङ तथा पावर हाउसका मानिस जीवितै हुनसक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा थप कोही पनि फेला परेनन्।

‘भित्र सम्भावित जीवित हुने सबै ठाउँहरू पटक–पटक पुगियो। सबै हेरियो। तर कोही भेटिएन। अब भित्र जीवित अरू भेटिने सम्भावना रहेन। बाहिर निस्कनुभयो वा बगाएको हो ठ्याक्कै भन्न सकिने आधार छैन,’ उनले सेतोपाटीसँग भने।

सतहमा देखिने ठाउँमा अब कोही नरहेको उनले बताए।

कोही नभेटिएपछि सम्भवत यो आयोजनाको उद्धारको काम टुङ्गिएको छ।

‘अब भित्रबाट उद्धार हुने अवस्थामा कोही हुनुहुन्न। ढुङ्गारमाटोभित्र पुरिएको खनेर केही फेला पर्यो भने मात्रै हो,’ उनले भने।

यो आयोजनाको सुरूङ तथा पाव रहाउस क्षेत्रमा ४० जना फसेको आशंका गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको