काठमाडौं, असोज १ गते ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
मनास्लु हिमालको क्याम्प २ बाट बेसक्याम्प फर्कर्ने क्रममा हिँड्न गाह्रो भएर बसेको ठाउँमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए। उनको शवलाई स्थानीयले तथा ट्रेकिङ एजेन्सीसँगको समन्वयमा उद्धारको पहल थालिएको उनको भनाइ छ।
उनी एट के एक्सपिडिसन कम्पनीबाट स्वीकृति लिएर हिमाल चढ्न गएका थिए । मृतक सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए।






