एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवेदनमाथि सुझाव दिने

काठमाडौं, असोज ६ गते ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बिहान ९ः०० बजेदेखि जारी छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रत्येक केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा तथा सुझाव राख्ने कार्यसूची रहेको छ । धारणा राख्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन–तीन मिनेटको समय निर्धारण गरिएको छ ।

सोमबार सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदन पेस भएसँगै पहिलो दिनको बैठक स्थगित भएको थियो ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको औपचारिक बैठक बोलाएको हो । यो बैठक आगामी असोज ७ गतेसम्म सञ्चालन हुने पार्टी सचिवालयले जनाएको छ । न्यूजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको