६२ लाख जरिबाना फैसला सुनाइका व्यक्ति पक्राउ

काठमाडौं, असोज ९ गते ।

बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

१२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको