काठमाडौं, असोज १८ गते ।
हिजो देखी नेपालबाट मनसुन बाहिरिएर शरद ऋतुको पूर्ण आगमन भएसँगै प्रकृतिमा विभिन्न सुन्दर र उल्लेखनीय परिवर्तनहरू देखिन थाल्नेछन् । दमनसुन बाहिरिनु भनेको प्रकृतिको उत्सव सुरु हुनु पनि हो, जसले चाडपर्वहरू (दसैँ, तिहार) को आगमन र हर्षोल्लासको वातावरण साथमा लिएर आउँछ।
सफा र नीलो आकाशः वर्षा गराउने काला बादलहरू हटेर आकाश पूर्ण रूपमा सफा, नीलो र उज्यालो देखिन्छ। वातावरणमा रहेको धूलो र प्रदूषण वर्षाले पखालिसकेकाले दृश्यता निकै सफा हुन्छ।
हिमालहरूको स्पष्ट दृश्यावलोकनः आकाश खुलेसँगै टाढा(टाढाका हिमशृङ्खलाहरू टल्किएर चाँदीझैँ प्रस्ट र मनोहर देखिन्छन्। यसै कारण यो समय पदयात्रा ९त्चभपपष्लन० र पर्यटनका लागि सर्वोत्तम मानिन्छ।
मौसममा शीतलता र अनुकूलताः मनसुनको हायलकायल पार्ने गर्मी र साउने झरी अन्त्य भई दिनमा पारिलो घाम र बिहान(बेलुका चिसो हावा चल्न थाल्छ। न त धेरै गर्मी, न त धेरै जाडो हुने भएकाले मौसम एकदमै सुहावदो र हलुका हुन्छ।
हरियाली र फुल्ने फूलहरूः वर्षायामभरिको पानीले गर्दा डाँडाकाँडा र खेतबारी हरियालीले भरिएका हुन्छन्। यस समयमा सयपत्री, मखमली, बाबरी र बाटोघाटोमा काँसका सेता फूलहरू ढकमक्क फुलेर प्रकृतिलाई बेहुलीझैँ सिँगार्छन्।
पाकेका पहेँला धानखेतहरूः कृषिप्रधान नेपालमा मनसुन सकिएपछि किसानले रोपेको धान पाकेर खेतहरू पहेँलै (सुनौला) देखिन थाल्छन्। यसले प्रकृतिको सुन्दरता बढाउनुका साथै गाँउघरमा समृद्धिको आभास गराउँछ।
नदीनाला र झरनाको शान्त रूपः वर्षायामको धमिलो, बगाउला जस्तो उर्लँदो बाढी र भेल घटेर नदीनाला, खोला र झरनाहरूको पानी कञ्चन ९सफा० र शान्त भएर बग्न थाल्छ।
बिहानीपख शीतका थोपाहरूः बिहान–बिहान दुबो, रूखका पात र फूलका थुङ्गाहरूमा शीतका थोपाहरू टिल्पिलाएको देख्न सकिन्छ, जसले चिसो मौसम नजिकिँदै गएको संकेत गर्छ।
मनसुन बाहिरिनु भनेको प्रकृतिको उत्सव सुरु हुनु पनि हो, जसले चाडपर्वहरू (दसैँ, तिहार) को आगमन र हर्षोल्लासको वातावरण साथमा लिएर आउँछ। न्यूज कारखाना






