काठमाडौँ, असोज १९ गते ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशका सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई भू–भागमा हुस्सु लागेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र तराई भू–भागमा साधारणतया बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्मको, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। सबै तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ। न्यूज कारखाना






