कवाडी पसलमा आगलागी

काठमाडौं, असोज १९ गते ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा आगलागी भएको छ ।

प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए ।

उनले भने, ‘जस्ता र फलामले बनेको कवाडी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको भन्ने छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको