आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौं, असोज २४ गते ।

आज विश्व मानसिक स्वास्थ्य दिवस । जुन दिवस प्रत्येक वर्ष अक्टोबर १० का दिन विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यसको मुख्य उद्देश्य विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरूबारे चेतना जगाउनु, यस क्षेत्रमा रहेका भ्रामक धारणा वा सामाजिक संकोच कम गर्नु र मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन पहल गर्नु हो ।

यो दिवस विश्व मानसिक स्वास्थ्य महासंघको पहलमा सन् १९९२ (वि.सं. २०४९) देखि मनाउन थालिएको हो । सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यमा प्रत्येक वर्ष एउटा विशेष नारा तय गरी यो दिवस मनाउने परम्परा सुरु भएको हो ।

यसपटक विश्व मानसिक स्वास्थ्य महासंघ सन् २०२६ को विश्व मानसिक स्वास्थ्य दिवसको आधिकारिक नारा ‘जीवन्त अनुभवको सुनुवाइः वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ । यस नाराले मानसिक स्वास्थ्यका क्षेत्रमा वास्तविक समस्या वा अनुभव भोगेका व्यक्तिहरूका आवाज र अनुभवलाई प्राथमिकताका साथ सुन्नुपर्ने र तिनै वास्तविक आवाजका माध्यमबाट सकारात्मक एवं व्यावहारिक परिवर्तन ल्याउनुपर्ने सन्देश दिन्छ।

यो दिवस मनाउनुको उद्देश्य र महत्व :

चेतना अभिवृद्धि : शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा आम मानिसलाई बुझाउनु ।

संकोच र विभेद अन्त्य : समाजमा मानसिक रोगलाई लिएर रहेका नकारात्मक दृष्टिकोण, डर, र भेदभावलाई हटाउनु ताकि मानिसहरू खुलेर आफ्ना समस्या व्यक्त गर्न सकून् ।

परामर्श र उपचारको पहुँच : मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिहरूलाई बेलैमा विशेषज्ञको परामर्श, थेरापी, र उपचारको पहुँचमा ल्याउनु ।

नीतिगत सुधार : सरकार तथा सम्बन्धित निकायहरूलाई मानसिक स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट र पूर्वाधार विनियोजन गर्न ध्यानाकर्षण गराउनु । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको