काठमाडौं, असोज २८ गते ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन्। ३२ सय ४५ मतसहित उनी निर्वाचित भएका हुन् । लामा पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्रीमै निर्वाचित भएका थिए ।
लामाका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४ सय ४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमानसिंह मास्केले २४६ मत पाएका छन्।
आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा आठजना निर्वाचित भएका छन् । खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार थिए।
जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सीताकुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लीलादेवी बोखिम लिम्बू १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन्।
पुरुषतर्फ तीर्थ लामा ४४ सय २५, ई अनुप श्रेष्ठ २५५१, डा। प्रेमध्वज लामा २५०५, कर्माछेरिङ शेर्पा २४०६, टेकप्रसाद गुरुङ २०९०, भीम श्रीस मगर २०४६, रामकृष्ण चित्रकार १९८२, बुद्ध लामा १९५६, गेल्जे लामा शेर्पा १८१९, वंशलाल तामाङ १७५६, अमृत गुरुङ १६८९ र सुशील गुरुङ १६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। न्यूज कारखाना






