नोलनको ‘द ओडिसी’ ओटीटीमा भने ९० मिनेट बढी हेर्न पाइने

काठमाडौं, असोज २९ गते ।

क्रिस्टोफर नोलनको ऐतिहासिक महागाथा ‘द ओडिसी’ ले विश्वभर बक्स अफिसमा कीर्तिमानी कमाइ गरेपछि अब डिजिटल तथा गृह–मनोरञ्जन प्लेटफर्ममा रिलिज हुने तयारीमा छ।

हलमा यो उत्कृष्ट चलचित्र हेर्न छुटाएका दर्शकहरूका लागि यो खुसीको खबर हो।

‘ईटाइम्स’ को रिपोर्ट अनुसार,‘द ओडिसी’आगामी नोभेम्बर १७ देखि डिजिटल प्लेटफर्महरू फोर के अल्ट्रा एचडी, ब्लु रे, डिभिडीमा उपलब्ध हुनेछ। यसमा ९० मिनेटभन्दा बढीको ‘बोनस सामग्री’ समावेश गरिएको छ, जसले यो भव्य चलचित्र निर्माणको ‘पर्दा पछाडिको’ दृश्य र रोचक पाटो प्रस्तुत गर्नेछ। ‘मेरी स्टेसन’ को एक रिपोर्टले उल्लेख गरेअनुसार यी अतिरिक्त सामग्रीहरूले दर्शकहरूलाई विश्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको यस उत्कृष्ट चलचित्रको निर्माण प्रक्रियाबारे गहिरो जानकारी प्रदान गर्नेछन्।

‘द ओडिसी’ को आधिकारिक पृष्ठका अनुसार ‘क्रिस्टोफर नोलनले विश्वभरि छायाङ्कन गरिएको एक पौराणिक एक्सन चलचित्रका रूपमा होमरको नायक, देवता र राक्षसहरूको महाकाव्य गाथालाई पर्दामा उतारेका छन्। यस चलचित्रले ट्रोजन युद्ध पछि घर फर्कने क्रममा असाधारण खतरा र अलौकिक शक्तिहरूको सामना गर्दै ओडिसियसले गरेको अविस्मरणीय यात्रालाई चित्रण गर्दछ।।’

‘द ओडिसी’ मा म्याट डेमन, टम हल्यान्ड, एनी ह्याथवे, रोबर्ट प्याटिन्सन, ल‘पिता न्योङ’ओ र सामन्था मोर्टनका साथै जेन्डाया र चार्लिज थेरोनजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ। यसबाहेक चलचित्रको कलाकार टोलीमा ट्राभिस स्कट, कोरी हकिन्स र जारेथ मर्ज पनि समावेश छन्।

सन् २०२६ को जुलाईमा प्रदर्शनमा आएको यस चलचित्रले उत्कृष्ट समीक्षा प्राप्त गर्नुका साथै विश्वभर १.७ अर्ब अमेरिकी डलरभन्दा बढीको कमाइ गरेको छ। यो चलचित्र अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने ‘आर–रेटेड’ चलचित्र पनि हो । यसले सन् २०२४ को डेडपुल एन्ड वल्भरिनले कायम गरेको १.३३८ अर्ब डलरको कमाइको कीर्तिमानलाई उछिनेको हो । साथै, यो निर्देशक नोलनको करिअरकै सर्वाधिक कमाइ गर्ने चलचित्र समेत बनेको छ।

‘भ्याराइटी’ सँगको कुराकानीमा निर्देशक नोलनले आफ्नो अर्को चलचित्र निर्देशन गर्न ‘कम्तीमा’ तीन वर्ष लाग्ने बताएका छन्। उनले ुद ओडिसीु निर्माणमा आफू र आफ्नो टोलीले पूर्ण प्रयास लगाउनु परेको कुरा उल्लेख गरेका छन्। ओस्कार विजेता निर्देशकका अनुसार सम्पूर्ण चलचित्र आइम्याक्स क्यामेरा प्रयोग गरेर छायाङ्कन गर्नु नै यसका ठूला चुनौतीहरूमध्ये एक थियो। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको