रजनीकान्तको मुखमा धुवाँ उडाउन अप्ठयारो लाग्योः विद्या बालन

मुम्बई, असोज २९ गते ।

विद्या बालनले आफ्नो बहुमुखी प्रतिभा र परम्परागत ढाँचाभन्दा फरक भूमिकाको छनोटमार्फत भारतीय सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनले प्रायः स्थापित मान्यताहरूलाई चुनौती दिँदै महिला–प्रधान कथावाचनलाई नयाँ आयाम दिएकी छिन्।

अब, यी चर्चित अभिनेत्री ‘जेलर २’ मार्फत तमिल सिनेमामा पाइला टेक्दै आफ्नो कार्यक्षेत्र विस्तार गर्न तयार भएकी छिन्। ‘मिड–डे’ सँगको विशेष कुराकानीमा उनले रजनीकान्तसँग काम गर्ने अनुभव र चलचित्रप्रतिको आफ्नो उत्साहबारे चर्चा गरेकी छिन्।

चलचित्रसँगको आबद्धताबारे चलचित्रसँगको आफ्नो आबद्धताबारे कुरा गर्दै विद्याले भनिन्, ‘यसलाई एउटा सानो भूमिका वा काम मात्र भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर मलाई लाग्छ र आशा पनि गर्छु कि यो यहाँ केही नयाँ कुराको सुरुवात हो। अनि रजनीकान्तको चलचित्रबाट सुरुवात गर्नुभन्दा राम्रो अरू के हुन सक्छ र ? ‘जेल’ को संसारको हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु।’

यस परियोजनामा आफूलाई के कुराले आकर्षित गर्‍यो भन्नेबारे बताउँदै उनले भूमिकाको प्रकृतिले नै आफूलाई प्रेरित गरेको बताइन्। ‘यो निकै रोचक भूमिका हो, त्यसैले मैले ‘हुन्छु भनेँ। अनि अब म आर। बाल्कीसँग एउटा पूर्ण–स्तरको तमिल चलचित्र पनि गर्दैछु,’ उनले थपिन्।

यस चलचित्रमा उनले ‘कान्था’ नामक खलपात्रको भूमिका निर्वाह गरेकी छिन् र ट्रेलरमा देखिएको उनको झलकले निकै प्रशंसा बटुलिसकेको छ। रजनीकान्तसँग काम गर्ने अवसर यसअघि पनि मिलेको थियो कि भनेर सोधिँदा उनले भनिन्, ‘हो, केही वर्षअघि मलाई उहाँसँग एउटा चलचित्रको प्रस्ताव आएको थियो। समय (डेट्स) नमिलेका कारण मैले त्यो गर्न सकिनँ। तर अहिले उहाँसँग काम गर्ने अर्को अवसर पाएकोमा म खुसी छु।’

कलाकारहरूको जमघट र रमाइलो अनुभव

यस चलचित्रमा मोहनलाल, विजय सेतुपति र मिथुन चक्रवर्तीको पनि अभिनय रहेको छ भने ऋतिक रोशनको पनि विशेष उपस्थिति रहने चर्चा व्यापक छ।

उत्कृष्ट कलाकारहरूको जमघटलाई लिएर प्रशंसकहरूमा देखिएको उत्साहबारे प्रतिक्रिया दिँदै उनले भनिन्, ‘मानिसहरूले विभिन्न अनुमान वा ‘थ्योरी’ बनाउन यति धेरै चासो देखाउनु खुसीको कुरा हो। यो वास्तवमै एक रोमाञ्चक कलाकार समूह हो। त्यसैले, चलचित्रमा कसले के भूमिका निर्वाह गर्दैछ होला भनेर मानिसहरू कति उत्सुक होलान् भन्ने कुरा म सहजै अनुमान गर्न सक्छु।’

केही फरक काम गर्न पाउँदा उत्साहित भए पनि, रजनीकान्तको अनुहारमा धुवाँ उडाउने दृश्य गर्दा भने उनलाई असहज महसुस भएको थियो। उनले अनुभव साट्दै भनिन्, ‘रजनीकान्तको अनुहारमा धुवाँ उडाउँदा मलाई अप्ठ्यारो महसुस भयो। उहाँप्रति मनमा गहिरो सम्मानको भाव भएकाले ‘म यो कसरी गरूँलारुु भन्ने लागेको थियो। तर मैले त्यो गरें। कलाकार हुनुको अर्थ नै यस्तै परिस्थितिहरूको सामना गर्नु हो।’ न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको