धनुषामा श्रीमान–श्रीमती मृत फेला

जनकपुरधाम, कार्तिक ८ गते ।

धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उमेशको घर मिथिला बिहारी नगरपालिका वडा नं. ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए ।

मृतक दम्पतीका एक चार वर्षीय छोरासमेत छन् । छोराको एउटा तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । ‘घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको