एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौं, कार्तिक ११ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

यस्तै यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् ।

अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमशस् पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको