मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै फ्लडलाइट बालियो

काठमाडौं, कार्तिक १२ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ ।

दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन गरिएको हो ।

अहिले काठमान्डु गुर्खाज र जनकपुर बोल्ट्सबीच खेल जारी छ । खेल सकिन केही समय बाँकी रहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको