लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

चितवन, कार्तिक १९ गते ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ ।

पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ ।
मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पुल मर्मत अवधिभर उक्त खण्डमा सवारी आवागमनका लागि नयाँ पुल प्रयोग भइरहेको छ । पुरानो पुलमा देखिएको समस्या समाधान गरी मर्मत कार्य सम्पन्न भएपछि मात्रै त्यसलाई पुनः सञ्चालनमा ल्याइनेछ ।

यससँगै लोकाहा खोला पुल हुँदै यात्रा गर्ने सवारीसाधनले थप दुई सातासम्म नयाँ पुलबाटै आवतजावत गर्नुपर्ने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको