वीरगञ्ज, कार्तिक १९ गते ।
पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो ।
बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।








