खुर्कोट–काठमाडौँ सडक १५ दिनका लागि रातिमा बन्द

सिन्धुली, असार ७ गते ।

विपि राजमार्गको सिन्धुलीको खुर्कोट–काठमाडौँ सडक खण्ड रातिको समयमा बन्द गरिएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सयुक्त सुरक्षा बैठकले शुक्रबार साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि रातिमा सार्वजनिक तथा निजि यात्रुवाहक सवारी साधनको आवागमन बन्द गरिएको हो ।

हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्षातका कारण विपतको अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको