धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषा, मंसिर ६ गते ।

धनुषामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका– ४, गौरीपुर टोलबाट सिराहाको कल्याणपुर नगरपालिका– ५, निर्धना टोल निवासी करिब ४० वर्षीया गंगावती महतो पक्राउ परेकी हुन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले उनलाई कम्मरमा कटुवा पेस्तोल र त्यसको एक राउन्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले कटुवा पेस्तोल र गोलीसहित उनलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही तथा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको