काठमाडौँ महानगरमा सवारी साधनको प्रदूषण जाँच जारी

काठमाडौँ, असार ९ गते ।

काठमाडौँ महानगरपालिको वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक् पहलमा काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी रहेको छ ।

काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका अनुसार सोमबार काठमाडौँको कुलेश्वरमा गरिएको सवारी साधन प्रदूषण जाँचमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल भएका छन् ।

त्यस्तै २१ वटा सवारी साधन ठिक अवस्थामा रहेको प्रहरी बलले जानकारी दिएको छ । फेल भएका सवारी साधनलाई कारवाही गरिएको महानगरीय प्रहरी बलले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको