युद्धविरामको समय शुरु भयो, कृपया उलंघन नगर्नु– ट्रम्प

काठमाडौँ, असार १० गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीचको युद्ध विरामको समय शुरु भएको भन्दै यसलाई उलंघन नगर्न दुवै देशलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले भनेका छन्– ‘युद्धविराम अब प्रभावकारी भएको छ। कृपया यसको उल्लङ्घन नगर्नुहोला ।’

यसअघि ट्रम्पले नै इरान र इजरायलबीच युद्ध विराम भएको घोषणा गरेका थिए ।

युद्धविरामको सहमतिपछि पनि दुवै देशले एकअर्काविरुद्ध आक्रमण गरेका थिए । इरानले गरेको पछिल्लो आक्रमणमा ४ इजरायलीको मिर्त्यु भएको र १२ भन्दा बढी घाइते भएको बताइएको छ ।

इजरायलमा आक्रमण पछि, इरानले अब युद्धविरामको घोषणा गरेको छ । इरानले अन्तिम मिसाइल आक्रमण पूरा गरेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको