प्रधानमन्त्री आज स्पेन भ्रमणमा जादै

काठमाडौँ, असार १४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जादैछन् ।

स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलले जानकारी दिएको छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट हुने छ ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल सहित अन्य उच्च अधिकारीहरु स्पेन जादै छन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको