ढल्केवर–जनकपुर–जटही सडकमा विद्युतीकरण

जनकपुरधाम, भदौ ७ गते ।

ढल्केवर–जनकपुर–जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ ।

सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा खम्बा गाड्नका साथै सौर्य प्यानल जडानका साथै अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट वटुवालाई राति हिँडडुल गर्न सहज भएको छ ।

सडक विद्युतीकरण आयोजना पूरा भएकामा उक्त कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

उक्त कार्यालयका प्रमुख दरोगा साहले उहाँले ढल्लकेवर –जनकपुरधाम –जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको