नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

चितवन, असार ४ गते ।

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको