सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

रुपन्देही, असार २९ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिएको हो ।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उनले भने । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको