दरौँदी नदीमा मलामी बेपत्ता

गोरखा, साउन १ गते । 
मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता हुनुभएको छ ।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको