काठमाडौं, भदौ १८ गते ।
सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
अघिल्लो वर्ष भर्दा २३ र २४ गते जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
गत वर्ष भदौ २३ गते काठमाडौं लगागत देशभर जेनजी आन्दोलन भएको थियो । उक्त दिन ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले जेनजी शहीद दिवस मनाउने निर्णय यसअघि नै गरेको थियो ।






