काठमाडौं, भदौ १८ गते ।
प्रतिनिधिसभाको बैठक स्थगित ६ दिन पछि बस्नेगरी स्थगित भएको छ ।
बिहीबार बसेको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समय चल्यो ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले स्वीकृत गर्यो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेश गरिन् ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक यही भदौ २४ गते बस्ने जानकारी गराए ।






